१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पुल निर्माणमा ढिलाइले गैँडाटारबासीलाई सास्ती

रौतहट । शुक्रबार बाढीका कारण समयमा चन्द्रपुरस्थित अस्पतालमा ल्याउन नपाउँदा गैँडाटारका ४० वर्षीय हर्कबहादुर वाइवाको ज्यान गयो । उनी खोला तर्न नसक्दा दुई घण्टा किनारमा रोकिएका थिए । खोला घटेपछि अस्पताल पुर्‍याउँदा ‘डाक्टरले ढिलो अस्पताल ल्याउनुभयो बचाउन सकिएन’ भन्ने जबाफ दिए । घरमा काम गरिरहेका वाइवाको एक्कासि टाउको दुखेपछि आफन्तले अस्पताल लगेका थिए तर तीन…