काठमाडौं । बाजुरामा बुढी गंगा नदी थुनिएको छ । जिल्लाको गौमुल गाउँपालिकामा पहिरो जाँदा नदी थुनिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो १ बजे गएको पहिरोले नदीको प्राकृतिक बहावलाई रोकेको हो । विभागले बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।