७ आश्विन २०८३, बुधबार | September 23, 2026

गुल्मीमा जिप दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु



गुल्मी । गुल्मीमा यात्रुबाहक जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ । गुल्मीकै शान्तिपुरबाट तम्घास आउँदै गरेको यात्रुबाहक जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको गुल्मी प्रहरीले जनाएको छ ।

सदरमुकाम तम्घास आउने क्रममा मुसिकोट नगरपालिका वडा नम्बर ४ ईन्द्रगौंडा नजिकै दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको जीप दुर्घटना भएको गुल्मी प्रहरी प्रवक्ता पुरुषाेत्तम पाण्डेले जानकारी दिए । जीपमा १० जना सवार रहेको बताईएको छ ।

प्रहरीका अनुसार मृतक मध्य २ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा चन्द्रकोट शान्तिपुरका तेजेन्द्र थापा र चन्द्रकोट ५ हरेवामा रेशम कार्की रहेका छन् । एकजना महिलाको सनाखत हुन बाँकी रहेको डीएसपी पाण्डेले बताए ।

जीप सडकबाट ५ सय मिटर तल खसेको र उद्दार कार्य जारी रहेकाले मृतकको संख्या थपिन सक्ने अनुमान गरिएको छ । दुर्घटनाको कारणका बिषयमा अनुसन्धान भईरहेको डीएसपी पाण्डेले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  १२ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई