१७ श्रावण २०८३, आइतबार | August 2, 2026

ताप्लेजुङमा ढिस्को खसेर पुरिदा एक बालकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका-७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ । बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो । फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बाबुआमासँगै गएका…