७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा १४ घण्टामा १२ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो १४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ४ बजेपछिको मृत्युको विवरण सार्वजानिक गर्दै डीसीसीएमसी बाँकेले मंगलबार बिहान ८ बजे सम्ममा १३ जनाको मृत्यु भएको जनाएको छ । मृतक मध्य ६ जना बर्दिया, १ जना रुकुम र ५ जना बाँकेका छन् ।

मृत्यु हुने बर्दिया बाँसगढीका ७३ वर्षिय पुरुषको सोमबार साँझ ४ः३० बजे भेरी अस्पतालमा मृत्यु भएको थियो भने गुलरिया ६ का २१ वर्षिय पुरुषको पनि सोही अस्पतालमा साँझ ६ बजे मृत्यु भएको थियो । त्यसैगरि भेरीमै उपचाररत बारबर्दिया ६ की ६३ वर्षिया महिलाको सोमबार राती १० बजे, बढैयाताल ३ बर्दिया की ७८ वर्षिया महिलाको आज बिहान ५ः३० बजे, बाँसगढी ५ बर्दियाका ६० वर्षिय पुरुषको सोमबार राती १० बजे तथा भेरी अस्पतालमै उपचाररत बढैयाताल बर्दियाका ३० वर्षिय पुरुषको आज बिहान ४ बजे मृत्यु भएको छ ।

यता बाँकेमा भेरी अस्पतालमा उपचाररत नेपालगन्ज १० का ६८ वर्षिय पुरुषको सोमबार साँझ ५ः४० बजे, खजुरा गाँउपालिका ३ का ५२ वर्षिय पुरुषको आज बिहान ४ बजे, जानकी ४ की ४५ वर्षिया महिलाको पनि बिहान ४ बजे नै मृत्यु भएको छ । त्यसैगरि कोहलपुर ८ का ६२ वर्षिय पुरुषको मेडिकल कलेज कोहलपुरमै सोमबार राती ७ः१५ मा मृत्यु भएको छ भने होम आइसोलेशनमा रहेका खजुरा २ का ८८ वर्षिय पुरुषको सोमबार राती ११ः१० बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेज ओलीले जानकारी दिए ।

ओलीका अनुसार भेरी अस्पतालमा बैशाख २६ गतेबाट उपचाररत सिस्ने ३ रुकुमका ५३ वर्षिय पुरुषको पनि सोमबार राती ८ बजे मृत्यु भएको छ ।

आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रका १९६ जना र जिल्ला बाहिरका १४८ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  ९ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई