८ बैशाख २०८१, शनिबार | April 20, 2024

गैरकानुनीरुपमा रेम्डिसिभिर बेच्ने कोहलपुरको बुद्ध मेडिकललाई २ लाख जरिवाना



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज मेडिकल कलेज हाता भित्रै गैरकानुनीरुपमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर बेचबिखन गर्ने मेडिकल स्टोरलाई कारवाही गरेको छ । अक्सिजन सिलिण्डरको खोजिमा निस्कको जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले सुचनाका आधारमा मेसडकल कलेज हाता भित्रको एउटा मेडिकलमा बिलबिजक नै नराखि बिक्र बितरण भईरहेको २१ भाईल रेम्डिसिभिर बरामद गरेको थियो ।

मेडिकल कलेज नेपालगंजको हाता भित्र रहेको गौतम बुद्ध नेपालगंज फार्मेसीले खरिद बिक्रिको कुनै प्रमाण नराखि गैरकानुनीरुपमा २१ भाईल रेम्डिसिभिर बेचबिखनका लागि राखेको फेला पारेपछि उक्त पसललाई कारवाही चलाएको छ । बिना बिल बिजक बिक्रि गर्ने उक्त मेडिकल स्टोरलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो औषधी पसलमा रेम्डिसिभिरको कारोबर हुने गरेको सुचना पाएपछि औषधि ब्यवस्थापन कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके तथा उपभोक्ता संरक्षण मंच बाँके लगायतको संयुक्त टोलिले सो औषधीपसलमा छापा मारेको थियो ।

अस्पतालहरुमा अक्सिजनको सिलिण्डर अभाव भएको चरम गुनासो आएपछि सिलिण्डर खोज्न निस्केको प्रहरी टोलिले बजारका बिभिन्न उद्योग र ब्यक्तिहरुले अनावश्यक रुपमा होल्ड गरिराखिएको ३८ थान अक्सिजन सिलिण्डर समेत बरामद गरेको थियो । बरामद गरिएको सिलिण्डर जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ५३ बजे

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु