२८ आश्विन २०८३, बुधबार | October 14, 2026

गैरकानुनीरुपमा रेम्डिसिभिर बेच्ने कोहलपुरको बुद्ध मेडिकललाई २ लाख जरिवाना



नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज मेडिकल कलेज हाता भित्रै गैरकानुनीरुपमा कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डिसिभिर बेचबिखन गर्ने मेडिकल स्टोरलाई कारवाही गरेको छ । अक्सिजन सिलिण्डरको खोजिमा निस्कको जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले सुचनाका आधारमा मेसडकल कलेज हाता भित्रको एउटा मेडिकलमा बिलबिजक नै नराखि बिक्र बितरण भईरहेको २१ भाईल रेम्डिसिभिर बरामद गरेको थियो ।

मेडिकल कलेज नेपालगंजको हाता भित्र रहेको गौतम बुद्ध नेपालगंज फार्मेसीले खरिद बिक्रिको कुनै प्रमाण नराखि गैरकानुनीरुपमा २१ भाईल रेम्डिसिभिर बेचबिखनका लागि राखेको फेला पारेपछि उक्त पसललाई कारवाही चलाएको छ । बिना बिल बिजक बिक्रि गर्ने उक्त मेडिकल स्टोरलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सो औषधी पसलमा रेम्डिसिभिरको कारोबर हुने गरेको सुचना पाएपछि औषधि ब्यवस्थापन कार्यालय बाँके, वाणिज्य कार्यालय बाँके तथा उपभोक्ता संरक्षण मंच बाँके लगायतको संयुक्त टोलिले सो औषधीपसलमा छापा मारेको थियो ।

अस्पतालहरुमा अक्सिजनको सिलिण्डर अभाव भएको चरम गुनासो आएपछि सिलिण्डर खोज्न निस्केको प्रहरी टोलिले बजारका बिभिन्न उद्योग र ब्यक्तिहरुले अनावश्यक रुपमा होल्ड गरिराखिएको ३८ थान अक्सिजन सिलिण्डर समेत बरामद गरेको थियो । बरामद गरिएको सिलिण्डर जिल्ला प्रशासन कार्यालय बाँकेमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  १० : ५३ बजे

बाँके जिल्ला स्तरिय फुटबल प्रतियोगिता : ब्रोदर्स र अप्सरा विजयी

नेपालगन्ज । बाँकेको खजुरामा जारी जिल्ला स्तरिय फुटबल प्रतियोगितामा बुधबार

सांसद खगेन्द्र सुनारले गरे अडियो प्रकरणमा जोडिएकी महिलाको बचाउ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले हालै

‘अव्यवस्थित पार्किङ, जिर्ण सडक र अस्वस्थ प्रतिस्पर्धाका कारण सवारी दुर्घटना बढ्यो’

नेपालगन्ज । अनुशासीत र मर्यादित भएर यातायात ब्यवसाय गर्न सके

लोककल्याणकारी विज्ञापनमा ठूलो बेरुजु : सांसद थारु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले लोककल्याणकारी विज्ञापनमा ठूलो

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका