१८ श्रावण २०८३, सोमबार | August 4, 2026

आठौं पटक जिब्रो छेडी महाद्वीप बाकेर टोलटोल घुमे बुद्धकृष्ण

भक्तपुर । मध्याह्न १२ बजेदेखि नै मध्यपुरथिमिको बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसको भीड बढ्दै गयो । कोरोना संक्रमणको महामारी फैलिँदै गए पनि त्यसको बेवास्ता गर्दै जात्रास्थलमा मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न एकैछिनमा मानिस खचाखच भए । बाँसको…