७ आश्विन २०८३, बुधबार | September 23, 2026

संक्रमितले भरिए नेपालगन्ज र बुटवलको कोरोना अस्पताल, नयाँ संक्रमित आए सडकको बास



नेपालगन्ज । कोरोना माहामारीले बिकराल स्वरुप ग्रहण गरिसक्दा लुम्बिनी प्रदेशका दुई प्रमुख शहरमा संक्रमितहरुले उपचार नपाउने अवस्था सिर्जना भएको छ । दिनदिनै थपिएको संक्रमितहरुको चापले बुटवल र नेपालगन्जका कोरोना बिषेश अस्पताल भरिभराउ भईसक्दा पनि राज्य उपचारको ब्यवस्थापनमा उदाशिन देखिएको छ ।

पछिल्लो एकसाता यता कोरोना सक्रमण तीब्र गतिमा बृद्धि हुँदा नेपालगञ्जको भेरी अस्पतालमा नयाँ विरामी भर्ना गर्नै नसक्ने अवस्थामा पुगेको छ । कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि भेरी अस्पताल थप कोरोना संक्रमितलाई उपचारको लागि आइसोलेशसनमा थेग्न नसक्ने अवस्थामा पुगेको हो ।

आईतबारदेखि एक्कासी लक्षणसहितका कोभिड–१९का विरामीको चाप बढेपछि अस्पतालमा रहेको जनशक्ति तथा अक्सिजन सुबिधा सहितको बेडको अभावमा थप बिरामी भर्ना गर्न असमर्थ हुनु परेको अस्पतालले जनाएको छ ।

अस्पतालमा बुधबारसम्म ८० जना विरामी भर्ना भएको र ती मध्ये ८० प्रतिशत विरामी गम्भीर प्रकृतिको भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

अस्पतालमा आएका बिरामी भर्ना लिन सक्ने अवस्था नहुँदा स्वास्थ्य कर्मचारीको असुरक्षा बढेको अध्यक्ष धितालले बताए ।

कोरोनाले घरघरमा जोखिम बढाईसकेपछि भने नेपालगन्ज उपमहानगरपालिकाले आफ्नो पुरानो आइसोलेसन केन्द्रलाई सक्रिय बनाउने भएको छ । १०० जना संक्रमितलाई राख्न सकिने गरि उपमहानगरको आइसोलेसन शुक्रबारबाट संचालनमा आउने उपमहानगरकी उप प्रमुख उमा थापाले बताईन् ।

उता बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिषेश अस्पताल पनि गम्भिर प्रकृतिका संक्रमितले भरिभराउ भएको छ । १५ वटा आईसीयू सहित संचालनमा रहेको बिशेष अस्पतालमा १३ वटा बेड संचालनमा रहेको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए । संचालनमा रहेका सबै बेड प्याक छन्, नयाँ बिरामी आए भर्ना लिन सक्ने अवस्था छैन । प्रवक्ता डा. गौतमले भने ।

अस्पताल परिषरमा रहेको फिभर क्लिनीक पनि भरिभराउ रहेको छ, गम्भिर प्रकृतिका संक्रमितलाई बिशेष अस्पताल धागो कारखाना पठाउने गरिएपनि उता सबै बेड भरिएपछि फिभर क्लिनीकमै संक्रमित भरिएका छन् ।

संक्रमितको चाप बढेसंगै अस्पतालले कोरोनाको फाृकलपर्शन तोकेको अस्पतालका डाक्टर सुदर्शन थापाले फोन उठाउन छाडेका छन् । अस्पतालको उपचारको अवस्थाका बिषयमा जानकार।ी लिन पटक पटक फोन गर्दा पनि डा थापाको मोबाईल उठेन ।

कोरोनाको दोस्रो लहरले जनस्तरमा भयावहरुप लिईसकेको छ । अस्पतालमा उपचार नपाएपछि घरमै बसेर उपचार गर्नूको बिकल्प नहुँदा फैलन सक्ने जोखिमले समूदायमा कस्तो असर पर्ला ? बेलैमा उपचारको व्यवस्था गर्न नसके पहिलो चरणको ईटालीका दृष्यहरु नेपालमा पनि नदेखिएलान् भन्न सकिन्न ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ३ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११