महोत्तरी । “सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गरेकी यहाँको बर्दिबास-३ पाटुकी निरु पौडेलले भनिन, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।” पञ्चे बाजा समूहमा निरु मात्र छैनिन ।…