बुटवल । लायन्स क्लब अफ बुटवलले ‘फेमिली, करियर एण्ड रिलेशनसिप’ विषयमा करिब ५ सय विद्यार्थीलाई अभिमुखीकरण गरेको छ । बुटवलमा सञ्चालित विभिन्न विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी उक्त अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । क्लबका अध्यक्ष प्रतिक पोखरेलका अनुसार कार्यक्रमको उद्देश्य युवाहरूलाई परिवारसँगको सम्बन्ध, करियर निर्माण, सामाजिक व्यवहार तथा व्यक्तित्व विकासबारे मार्गदर्शन प्रदान…