२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

१७ चिकित्सकको नाम नेपाल मेडिकल काउन्सिलको दर्ता सूचीबाट खारेज

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले नेपाली नागरिकता त्याग गरेका १७ जना चिकित्सकको नाम दर्तासूचीबाट हटाएको छ । नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी र नागरिकता लिएको पुष्टि भएपछि ती चिकित्सकहरूको नाम काउन्सिलको दर्ता किताबबाट खारेज गरिएको हो । काउन्सिलले शुक्रबार एक सूचना जारी गर्दै नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ र नेपाल नागरिकता ऐन…