धादिङ । अबिरल परेको वर्षाका कारण धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६ खबासेमा पहिरोले घर बगाउँदा तीन जनाको मृत्यु भएको छ । गएराति माथिबाट आएको पहिरोले घर बगाउँदा २२ वर्षका मिलन खाँण, उनकी श्रीमती २० वर्षकी सम्झना खाँण र १८ महिनाका एक बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी रुपक खड्काले जानकारी दिए…