काठमाडौं । दौरा सुरुवालमा मात्र राष्ट्रियता देख्ने कथित राष्ट्रवादीलाई चुनौती दिँदै कछाड र खुर्पेटो भिरेर २०४८ सालमा संसद छिरेका बर्मन बुढाको मृत्यु भएको छ । हक्की स्वभाव र सादा जीवनको पर्याय बनेका बर्मन बुढाको मृत्युप्रति नेताहरुले दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बर्मन बुढाको मृत्युको खबरले आफु मर्माहत…