चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर सडक सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर…