२८ श्रावण २०८३, बिहिबार | August 14, 2026

आजको मौसम : आजदेखि मौसम सफा हुँदै जाने, केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल बंगालको खाडीको पूर्वी-मध्य भागमा न्युन चापीय क्षेत्र रहेको छ । उक्त निम्न चापीय क्षेत्र पश्चिम-उत्तर हुँदै पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । हाल देशभरको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने छ…