बुटवल । बुटवल-गोरुसिंगे सडकखण्डअन्तर्गत रुपन्देहीको सैनामैना नगरपालिका स्थित घमाहा खोलामा बनाइएको डाइभर्सन बाढीले बगाएपछि पूर्व-पश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ । केही महिनाअघि पुल भासिएपछि उक्त स्थानमा डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको थियो । तर, निरन्तरको वर्षापछि आएको बाढीले डाइभर्सन बगाएसँगै सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका…