नवलपुर । निरन्तरको वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने जंगलको खुर्सानी खोलानजिक सडक भासिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का अनुसार बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने सडक खण्ड करिब ४ फिटसम्म भासिएको हो। सडक भासिएपछि दुवै तर्फको सवारी आवागमन अवरुद्ध भएको र यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न…