२५ असार २०८३, बिहिबार | July 9, 2026

गृहमन्त्री अर्यालद्वारा सशस्त्र प्रहरी बललाई निर्देशन



काठमाडौं । गृहमन्त्री एवं कानुन न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्यालले कार्यक्षेत्रमा थप उच्च मनोबल र हौसलाका साथ परिचालित हुन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकको निरीक्षण भ्रमणपछि आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापनाकालदेखि नै मुलुकमा देखापरेका विभिन्न अप्ठ्यारा परिस्थितिमा आइपरेका चुनौतीलाई परास्त गर्दै आएको स्मरण गरे ।

उनले भने, “नेपाली जनताको जीवनरक्षा गर्नुभन्दा ठूलो कर्तव्य अरु केही हुन सक्दैन भन्ने कुरा सशस्त्र प्रहरी बल नेपाल तथा अन्य सुरक्षा निकायले राम्रोसँग बुझेका छन्, आगमी दिनमा कार्यक्षेत्रमा थप हौसलाका साथ परिचालित हुनुपर्छ ।”

सशस्त्र प्रहरी बल नेपालले प्राथमिकीकरण गरेका कार्यादेशअन्तर्गत सीमा सुरक्षा, राजस्व सङ्कलन, विपद् व्यवस्थापनमा सक्रिय भई सीमास्तम्भ मर्मतसम्भार, सीमापार अपराध नियन्त्रण, अवैध चोरीपैठारी, मानव बेचबिखन, हातहतियार तथा लागुऔषधको ओसारपसार नियन्त्रणमा ‘डेडिकेटेड’ रुपमा परिचालन हुन गृहमन्त्री अर्यालले आग्रह गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राज्य र नागरिकको सेवा तथा सुरक्षामा समर्पित सशस्त्र प्रहरी बल नेपाल जनअपेक्षाअनुरुप सुरक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सङ्गठनले आर्जन गरेको प्रतिष्ठा र जनविश्वासलाई अक्षुण्ण राख्न अनुशासित, कर्तव्यपरायण र सेवाप्रति निष्ठावान् रही राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा परिचालित हुँदै आएको बताए ।

राजस्व चुहावट नियन्त्रण र वैध व्यापार प्रवद्र्धनमार्फत राज्यको अर्थतन्त्रमा योगदान पु¥याउन सशस्त्र प्रहरी बलले प्रभावकारी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै महानिरीक्षक अर्यालले सीमा क्षेत्रमा आवश्यक जनशक्ति र बिओपीको सङ्ख्या वृद्धि गर्नसके थप उपलब्धि हासिल हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ३३ बजे

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट

पहिलो क्वाटरफाइनल खेल आजवाट : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

काठमाडौं ।  सन् २०२६ को फिफा विश्वकपको पहिलो क्वाटरफाइनल खेल

सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार २७ र २८ गतेको