दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई संसद्बाट हटाइए पनि जनताको मनबाट हटाउन नसकिने बताएका छन् । शुक्रबार दाङको घोराहीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई लक्षित गर्दै यस्तो चुनौती दिएका हुन् । घोराही दाङ क्षेत्र नम्बर-२ अन्तर्गत पर्छ, जहाँबाट एमालेका तर्फबाट पोखरेल उम्मेदवार छन् । सोही…