हेटौँडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले)का किरण थापामगरले दाबी पेस गरेका छन्। एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा थापाले बुधबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। एमाले–नेकपा गठबन्धनबीच भएको भागबण्डाअनुसार बागमती प्रदेशको मुख्यमन्त्री एमालेको भागमा परेको थियो। एमालेले मंगलबार थापामगरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।…