बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा-६ स्थित मोक्षधाममा दर्शन गरी चुनावी प्रचारप्रसारको औपचारिक सुरुआत गरेका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार सोमबारदेखि उनले घरदैलो अभियान सुरु गरेका हुन् । घरदैलो अभियानअन्तर्गत पौडेलले स्थानीय बासिन्दाको घरघरमा पुगेर कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् ।…