काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। एमालेको समर्थनमा शुक्रबार बिहान प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका भट्टलाई मियाँले दाबी पेस गरेलगत्तै मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री भट्टसँगै नेकपा एमालेबाट नियुक्त तीन मन्त्रीले पनि…