पाल्पा । पाल्पाको रिब्दिकोट गाउँपालिका-३ स्थित माल्मुल क्षेत्रमा मंगलबार बिहान माथिबाट खसेको पहिरोले तानसेन-रिडी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षासँगै खसेको माटो, ढुंगा र रुखसहितको पहिरोले सडकका दुबै तर्फको सवारी आवागमन ठप्प भएको हो । स्थानीयबासीका अनुसार रातिदेखिको झरीका कारण सडकमा ठूलो पहिरो खस्दा यातायात सम्पर्क विच्छेद भएको हो । सडक अवरुद्ध…