काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गणतन्त्रवादी शक्तिहरूको राजनीतिक सम्मेलनको तयारी गरेको छ । मुलुकमा गणतन्त्र विरोधीद्वारा विद्यमान गणतान्त्रिक व्यवस्थाविरुद्ध प्रर्दशन सुरु गरेपछि गणतन्त्रका पक्षधरको साझा दृष्टिकोण निर्माण गर्न राजनीतिक सम्मेलनको तयारी गरिएको पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए । उनका अनुसार सम्मेलनमा रोजगारी र सुशासनका लागि नयाँ रुपरेखा…