काठमाडौं । स्कटल्यान्डमा हिजोदेखी सुरु भएको त्रिदेशीय टी-२० आई सिरिजको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सबाट १५३ रनको लक्ष्य पाएको छ । सोमबार डुन्डीमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रनको योगफल खडा गरेको हो । नेदरल्यान्ड्सका तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाए । विक्रमजित सिंहले ३० रन…