काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको सिमरामा उत्पन्न भएको तनाबलाई संवेदनशील घटना भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकको बीचमा प्रवक्ता मनिष झाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने पूर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै सिमरा घटनाप्रति गम्भीर चासो व्यक्त गरे। उनले भने, “निर्वाचनको माहोल बनाउन…