११ पुस २०८२, शुक्रबार | December 26, 2025

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत

म्याग्दी । बेनीका साहित्यकार अजयमिलन श्रेष्ठलाई आज रू एक लाख नगदसहित पुरस्कृत गरिएको छ । धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मीले श्रेष्ठलाई विशिष्ट कविको रूपमा सम्मानसहित नगद रू एक लाख पुरस्कार प्रदान गरेका…