९ कार्तिक २०८३, सोमबार | October 26, 2026

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत



म्याग्दी । बेनीका साहित्यकार अजयमिलन श्रेष्ठलाई आज रू एक लाख नगदसहित पुरस्कृत गरिएको छ ।

धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मीले श्रेष्ठलाई विशिष्ट कविको रूपमा सम्मानसहित नगद रू एक लाख पुरस्कार प्रदान गरेका थिए ।

श्रेष्ठले अनुसन्धानमूलक लेख, रचना, कविता, गीत आदिमार्फत म्याग्दीको इतिहास, कला, साहित्यको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानवापत सम्मान गरिएको रेग्मीले बताए । पुरस्कृत साहित्यकार श्रेष्ठले स्व पण्डित तारानाथ रेग्मीको जीवनकाव्यलगायत १५ भन्दा बढी पुस्तक प्रकाशन गरेका छन् । कोषले पत्रकारतर्फ नेपाल टेलिभिजनका म्याग्दी समाचारदाता राकेश शर्मालाई रू १० हजारसहित सम्मान गरिएको थियो । साहित्यतर्फ बेनी नगरपालिका–५ का कृष्णबहादुर बानियाँलाई रू १० हजारसहित सम्मान गरेको छ ।

शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित कोषले हरेक वर्ष शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पुर्‍याउनेलाई सम्मान गर्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरू मुकुन्द, नारायण, स्व. मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यहरूले रू १८ लाखको कोष स्थापना गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ३१ बजे

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन । दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको

ब्राजिलको राष्ट्रपतिमा ८० वर्षीय वामपन्थी नेता लुला निर्वाचित

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा

थकान मेटिने म्याग्दीको भुरुङ्ग-तातोपानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ मा रहेको भुरुङ्ग-तातोपानी कुण्ड आन्तरिक

कार्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौं । कार्तिक स्नान, आकाशदीपदान तथा तुलसीको विशेष पूजा आराधना