१२ असार २०८३, शुक्रबार | June 26, 2026

साहित्यकार श्रेष्ठ एक लाख नगदसहित पुरस्कृत



म्याग्दी । बेनीका साहित्यकार अजयमिलन श्रेष्ठलाई आज रू एक लाख नगदसहित पुरस्कृत गरिएको छ ।

धनेश्वरी–तारानाथ स्मृति कोषले बेनी नगरपालिका–५ पुलाचौरस्थित जनकल्याण माविमा आयोजित कार्यक्रममा साहित्यकार श्रेष्ठलाई पुरस्कृत गरिएको हो । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठ, कोषका सचिव माधवप्रसाद रेग्मीले श्रेष्ठलाई विशिष्ट कविको रूपमा सम्मानसहित नगद रू एक लाख पुरस्कार प्रदान गरेका थिए ।

श्रेष्ठले अनुसन्धानमूलक लेख, रचना, कविता, गीत आदिमार्फत म्याग्दीको इतिहास, कला, साहित्यको संरक्षण र संवर्द्धनमा पुर्‍याएको योगदानवापत सम्मान गरिएको रेग्मीले बताए । पुरस्कृत साहित्यकार श्रेष्ठले स्व पण्डित तारानाथ रेग्मीको जीवनकाव्यलगायत १५ भन्दा बढी पुस्तक प्रकाशन गरेका छन् । कोषले पत्रकारतर्फ नेपाल टेलिभिजनका म्याग्दी समाचारदाता राकेश शर्मालाई रू १० हजारसहित सम्मान गरिएको थियो । साहित्यतर्फ बेनी नगरपालिका–५ का कृष्णबहादुर बानियाँलाई रू १० हजारसहित सम्मान गरेको छ ।

शैक्षिक तथा धार्मिक व्यक्तित्व धनेश्वरी र तारानाथ रेग्मीको स्मृतिमा स्थापित कोषले हरेक वर्ष शिक्षा, पत्रकारिता, साहित्य विधामा योगदान पुर्‍याउनेलाई सम्मान गर्दै आएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मी, दाजुहरू मुकुन्द, नारायण, स्व. मोहन र रामप्रसाद रेग्मीलगायत परिवारका सदस्यहरूले रू १८ लाखको कोष स्थापना गरेका थिए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ९ : ३१ बजे

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै