७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रचण्डद्वारा दाङमा सहिद परिवारसँग भेटवार्ता



तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज दाङमा सहिद तथा बेपत्ता परिवारसँग भेटवार्ता गरेका छन् । तुलसीपुर–८ का बटवलपुरका सहिद परिवासँग भेटघाट गरेका हुन् ।

त्यसअवसरमा प्रचण्डले बेपत्ता र सहिद परिवारको हितका लागि आफू सरकारमा हुँदा पहल गरेको बताए । टिआरसी विधयेक पास गर्न सफल भएकोसमेत उनको भनाइ थियो । उनले सहिद परिवारलाई भेट्न पनि गाउँगाउँमा जाने गरेको बताए ।

जहाँ एकैघरका छ जना सहिद भएका थिए । घरमै बसिरहेका अवस्थामा नेपाली सेनाले बम बिस्फोट गर्दा आमा चम्फाकली चौधरी, छोरा सीतकुमार चौधरी, छोरी कमला चौधरी, छोरा चन्द्रबहादुर चौधरी, छोरी रामकुमारी चौधरी, छोरी रिता चौधरीको घरमै बसिरहेको अवस्थामा मृत्यु भएको हो । सोही वडामा १९ जना सहिद परिवार छन् । अध्यक्ष प्रचण्ड सहितका नेताहरुले आज शहिद परिवारकै सदस्यहरुसँग खाना समेत खाएका थिए ।

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा थारू सङ्ग्रहालयको अवलोकन

पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दाङको दङ्गीशरण–३ चखौरामा रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको अवलोकन गरेका छन् । शुक्रबार उनले सङ्ग्रहालयको अवलोकन गर्दै दक्षिण एसियाकै राम्रो र महत्त्वपूर्ण सङ्ग्रहालय रहेको बताउनुभयो । उहाँले सङ्ग्रहालयले पर्यटन, प्रवर्द्धन, थारू संस्कृतिको संरक्षण, इतिहासको संरक्षण र प्रवर्द्धनमा ठूलो योगदान र भूमिका खेल्ने बताए ।

सङ्ग्रहालयको महत्त्व र स्थापनाको विषयमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले जानकारी गराएका थिए । चौधरीले थारूहरूको इतिहास जीवन्त राख्न सङ्ग्रहालयको परिकल्पना गरिएको बताए । सङ्ग्रहालयको अवलोकनपछि पूर्वमन्त्री रेखा शर्माले थारूको इतिहास र संस्कृति, चालचलन, रहनसहन रीतिरिवाज दर्शाएको बताइन् । उक्त सङ्ग्रहालयमा देशैभरका थारू समुदायको कला, संस्कार, संस्कृति, परम्परा झल्किने खालका वस्तु राखिएको छ ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ६ : २८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई