काठमाडौं । उच्च अदालत पाटनमा प्रकाशनगृह ‘दियो मिडिया प्राइभेट लिमिटेड’ले प्रेस काउन्सिल नेपालविरुद्ध दायर गरेकोे रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुने भएको छ । न्यायाधीशद्वय खडानन्द तिवारी र कृष्णराम कोइरालाको इजलासले उक्त रिटमा अन्तिम सुनुवाइ गर्ने आदेश गरेको हो । “मिति २०८१-९-१९ को यस अदालतबाट भएको आदेशअनुसारको कार्य सम्पन्न नभएकाले उक्त आदेशमा उल्लिखित कागजहरुको प्रतिलिपि मगाई…