काठमाडौं । नवगठित नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता भएको आजको दिनलाई इतिहासमा कहिल्यै नबिर्सिने दिनको रूपमा वर्णन गरेका छन्। बुधबार भृकुटीमण्डपमा आयोजित एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उनले १० वटा घटकबीच भएको एकतालाई अभूतपूर्व र असाधारण भएको बताए। प्रचण्डका अनुसार यति ठूलो एकता नेपालको राजनीतिक इतिहासमा पहिलोपटक भएको हो। “आजको दिन नेपाली…