कैलाली । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई-मधेस जागरण अभियानको क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको…