काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चा आबद्ध पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तहका नेताहरूको सोमबार बसेको बैठकले स्थानीय तहमा गठबन्धनबीच भएको चुनावी तालमेल उपलब्धिमूलक रहेको निष्कर्ष निकालेको हो ।…