काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा अवरुद्ध भएपछि पुनः सञ्चालनमा आएको छ । बुधबार बिहान अचानक सेवा अवरुद्ध हुँदा विश्वभरका करोडौं प्रयोगकर्ता प्रभावित भएका थिए । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार करिब एक घण्टासम्म सेवा पूर्ण रूपमा प्रभावित बनेको थियो । सेवा निगरानी गर्ने वेबसाइट डाउनडिटेक्टरका अनुसार समस्याबारे दुई लाखभन्दा बढी प्रयोगकर्ताले गुनासो…