काठमाडौं । काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा लागाइएको कर्फ्यु हटेको छ । शुक्रबार दिउँसो ४:२५ देखि लगाइएको कर्फ्यु शनिबार बिहान ७ बजे हटाइएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहान ७ बजेबाट कर्फ्यु हटेको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेलाई काठमाडौंमा लगाइएको कर्फ्यु हटाइएको जानकारी दिए । अवस्था…