रुकुम । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालको समुदायमा आधारित समाजवाद आधारित हुने बताएका छन् । चुनावी अभियानअन्तर्गत घरदैलो कार्यक्रमका क्रममा आज पुथा उत्तरगंगा गाउँपालिका–१ मैकोट पुगेका उनले चीन र भियतनामको मोडल पढेर त्यसबाट शिक्षा लिने तर नेपालको समाजवाद नेपाली समुदायमा आधारित मौलिक खालको हुने बताए । उनले रुकुम पूर्वलाई समाजवादको उर्वर भूमि…