७ आश्विन २०८३, बुधबार | September 23, 2026

आज देशैभर कांग्रेसको पालिका अधिवेशन



काठमाडौं । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५ औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा पालिका अधिवेशन हुन लागेको हो ।

केही छिटपुट स्थानबाहेक देशभरका वडामा उत्साहजनक र शान्तिपूर्ण रूपमा नेतृत्व चयन सम्पन्न भइसकेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोबाट प्रभावित नुवाकोट र धादिङका सबै वडामा मङ्गलबार अधिवेशन सम्पन्न भएको छ ।

त्यस्तै, मधेस प्रदेशका सिरहा, सप्तरी, सर्लाही र पर्साका केही वडामा पनि अधिवेशन सफलतापूर्वक सकिएको निर्वाचन समितिले जनाएको छ । बाढीपहिरोका कारण ठूलो मानवीय तथा भौतिक क्षति बेहोरेको रसुवा जिल्लामा भने विशेष परिस्थितिलाई ध्यानमा राखी केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी मिलाइएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिए ।

नयाँ विधान र निर्वाचन निर्देशिकाअनुसार आज हुने पालिका अधिवेशनबाट हरेक पालिकामा पाँच जना पदाधिकारी चयन हुनेछन् । त्यसमा एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने सभापतिले निर्वाचित कार्यसमिति सदस्यमध्येबाट मनोनयन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : ७ आश्विन २०८३, बुधबार  ७ : २४ बजे

एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन, सदस्यहरूले धारणा राख्दै

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकको तेस्रो दिनको

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच न्यूयोर्कमा भेट

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका

हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश

त्रिशूली । रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्डे, सातविसे र नौबिसेमा अहिले

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको आजदेखि नियमित उडान

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई-पोखरा-दुबई रुटमा

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा