६ आश्विन २०८३, मंगलबार | September 22, 2026

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी



न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस आजदेखि यहाँ प्रारम्भ भएको छ ।

यसपटकको महासभा मुख्य रूपमा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनस् सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने नारामा केन्द्रित छ । विश्वका सरकार प्रमुख एवं प्रतिनिधिहरूले विश्वव्यापी रूपमा फैलिएका युद्ध, आणविक हतियारको सन्त्रास, गरिबीको चरम अवस्था र जलवायु सङ्कटले निम्तिएको मानवीय एवं पूर्वाधारको क्षतिलगायत विषयमा छलफल गर्नेछन् ।

उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनालले नेतृत्व गरेको प्रतिनिधिमण्डलले नेपालका तर्फबाट आज महासभामा सहभागिता जनाएको छ । उक्त प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव अमृतबहादुर राई, स्थायी नियोग प्रमुख लोकबहादुर थापालगायत भ्रमण दलका सदस्यहरू, मिशनका कर्मचारीलगायत सहभागी रहेका छन् ।

यसपटकको राजनीतिक बहसमा प्रधानमन्त्री वालेन्द्र शाहले बिहीबार अपराह्न सम्बोधन गर्ने कार्यतालिका रहेको छ । जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको पीडा, जलवायु न्याय, हानी तथा नोक्सानी कोषका विषयमा नेपाली प्रतिनिधिमण्डलको ध्यान केन्द्रित हुने जनाइएको छ ।

त्यसैगरी विश्व शान्ति, असंलग्नता, दिगो विकासका लक्ष्य, लैङ्गिक सहभागिता, समावेशितालगायत विषयमा विश्व मञ्चमा नेपालले आफ्ना धारणा प्रस्तुत गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १० : १९ बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै