हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान आएको बाढीले एउटा ट्रक बगाएको छ । बाढीमा परेर ट्रक चालक घाइते भएका छन् । शिवम् सिमेन्ट उद्योगबाट चुनढुङ्गा अनलोड गरेर फर्किने क्रममा ना ७ ख ७६५ नम्बरको १२ चक्के आइचर ट्रक कर्रा खोलामा आएको बाढीमा फसेर बगेको प्रहरीले जनाएको छ । दुर्घटनामा चितवनको रत्ननगर…