काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । संसद् सचिवालयका अनुसार बैठक बिहान ११ बजे सिंहदरबारस्थित संघीय संसद् भवनमा सुरु हुनेछ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालय तथा निकायका लागि विनियोजित बजेटमाथि मन्त्रालयगत छलफल हुने कार्यसूची रहेको छ । आजको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला…