काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बसेको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार आज वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बैठक बसेको हो । केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । सभापति लामिछानेको सभापतित्वमा सुरु भएको बैठकमा…