काठमाडौं । काठमाडौं उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएपछि ऊर्जा, सहरी विकास तथा भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ आइतबार बिहान बञ्चरेडाँडा ल्यान्डफिल साइट पुगेका छन्। उपत्यकाको फोहोर उठ्न छाडेपछि मन्त्री घिसिङले बञ्चरेडाँडा पुगेर स्थल निरीक्षण गरेका हुन्। उनले फोहोर व्यवस्थापनमा देखिएको समस्या समाधानका लागि अहिले स्थानीय सरोकारवालासँग छलफल गरिरहेका छन्। बञ्चरेडाँडाका स्थानीयवासीले अघिल्ला सहमति कार्यान्वयन…