१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा अविरल मनसुनी वर्षापछि आएको भूस्खलनमा पाँच बालबालिकासहित कम्तीमा आठ शरणार्थीको मृत्यु भएको छ । अधिकारीहरूका अनुसार आइतबार रातिदेखि सोमबार बिहानसम्म भएका भूस्खलनले अस्थायी बस्ती पुरिँदा मानवीय क्षति भएको हो । कक्स बजारका अग्नि तथा नागरिक सुरक्षा अधिकारी डलर त्रिपुराले उद्धारकर्मीहरूले सात जनाको शव फेला पारेको…