काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका नागरिहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ । नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा जारी छ । एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग…