काठमाडौँ । बाँकेकी एकल महिला निर्मला कुर्मी हत्या प्रकरणका मुख्य अभियुक्त रहेका बादशाह कुर्मीलाई प्रदेश सरकारको मन्त्री पदमा नियुक्त गरेको विरोधमा जारी आन्दोलनका क्रममा आज माइतीघरदेखि बालुवाटारसम्म पैदलयात्रा आयोजना गरिएको छ । बाँकेबाट काठमाडौं पुगेर आन्दोलन गरिरहेका रुबी खान सहितका आन्दोलकारी महिलाहरुलाई आइतबार महिला अधिकार मञ्च, महिला सुरक्षा दबाब समूह, नेपाल मुस्लिम महिला कल्याण समाज…