बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा बालमैत्री स्थानीय शासनयुक्त घोषणा तथा दिगोपनाका लागि शुक्रबार प्रतिवद्धतापत्रमा हस्तारक्षर गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न १८ वटा विषयगत क्षेत्र अन्तरगत पर्ने सामाजिक संघ–संस्था तथा सरोकारवालाहरुको प्रतिनिधि बीचको अन्तरक्रियापछि प्रतिवद्धतापत्रमा हस्ताक्षर गरिएको हो । बालमैत्री स्थानीय शासन अवलम्बन र घोषणाको प्रक्रियामा आ–आफ्नो क्षेत्रबाट पूर्ण जिम्मेवारी निर्वाह गर्दै तिनाउलाई बालमैत्री घोषणा…