काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनको बन्दसत्र उद्घाटनमा सहभागी हुन आग्रह गरेका छन् । विशेष महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले भोलि हुने बन्दसत्रमा देउवाको उपस्थितिले पार्टीभित्र सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे । शर्माले सभापति देउवालाई आफ्ना पिता समानको संज्ञा दिँदै अब निराश भएर बस्ने समय नभएको बताए…