काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० आई अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग टी-२० आई खेल्दैछ । त्यस्तै, आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको यो पहिलो द्विपक्षीय सिरिज हो, जसलाई ऐतिहासिक अवसरका रूपमा हेरिएको…