बुटवल । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलनमा उत्रिएका छन् । गाउँपालिकाले सार्वजनिक जग्गामा बनेका संरचना हटाउन जारी गरेको सूचनाको विरोध गर्दै उनीहरूले सोमबार गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन एक साताको अल्टिमेटम दिएका हुन् । संघीय सरकार तथा सम्बन्धित मन्त्रालयको निर्देशनअनुसार सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै गाउँपालिकाले १५ दिने…