८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा



नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरूको प्रतिनिधिमण्डललाई स्वागत गरेको छ।

सो क्रममा भारतका प्रधानन्यायाधीश सूर्यकान्तले इजलास नम्बर १ मा भ्रमणमा आएका विशिष्ट अतिथिहरूको परिचय गराएका थिए ।

यस प्रतिनिधिमण्डलमा नेपालका प्रधानन्यायाधीश मनोजकुमार शर्मा, बेलायतको सर्वोच्च अदालतका न्यायाधीश, भुटानको सर्वोच्च अदालतका न्यायाधीश तथा ब्राजिल र केन्याका न्यायाधीशहरू सहभागी रहेका छन ।

भारतका महान्यायाधिवक्ता आर वेन्कटारमणीले प्रतिनिधिमण्डललाई स्वागत गर्दै भारतलाई विविध परम्परा र न्यायिक मूल्य मान्यताको संगमस्थलको रूपमा वर्णन गरेका छन् ।

‘भारत संस्कृति र मूल्य मान्यताको सङ्गम हो। हामी आज साँझ हुने अन्तरक्रिया प्रति उत्सुक छौँ। यसले भारतको स्वदेशी न्यायशास्त्रलाई पनि दर्शाउनेछ,’ उनले भने ।

सोलिसिटर जनरल तुषार मेहताले पनि उनको भनाईमा सहमति जनाउँदै यो छोटो भ्रमणले देशको एउटा झलक मात्र प्रस्तुत गर्ने बताए । ‘विविधतायुक्त भारत उत्कृष्ट देशहरूमध्ये एक हो तर भारतजस्तो देशलाई बुझ्न र घुम्न दुई दिनको समय निकै कम हो,’ मेहताले भने ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता विकास सिंहले पनि भ्रमणमा आएका न्यायाधीशहरूलाई स्वागत गर्दै यस अवसरको महत्त्व माथि प्रकाश पारेका थिए ।

‘यो एउटा महत्त्वपूर्ण क्षण हो र हामी सबै न्यायाधीशहरूलाई युनिकिटरलको ६० औँ वार्षिकोत्सवमा सहभागी हुन स्वागत गर्दछौं, हाम्रो न्यायप्रणालीलाई अन्तर्राष्ट्रिय स्तरमै पछ्याइएको छ,’ सिंहले भने ।

यो भेटघाट संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय व्यापार कानून आयोग (युनिकिटरल) को ६० औँ वार्षिकोत्सव मनाउने कार्यक्रम अघि भएको हो। सन् १९६६ मा संयुक्त राष्ट्रसङ्घीय महासभाद्वारा स्थापित युनिकिटरल अन्तर्राष्ट्रिय व्यापार कानूनको सामञ्जस्यता र आधुनिकीकरणका लागि जिम्मेवार मुख्य राष्ट्रसङ्घीय निकाय हो। सन् २०२६ मा यसको ६० औँ वार्षिकोत्सव परेको छ।

वार्षिकोत्सवको हिस्सा स्वरूप युनिकिटरलले जुलाई २०२६ देखि जुलाई २०२७ को बीचमा सदस्य राष्ट्रहरूमा स्मरणीय कार्यक्रमहरू आयोजना गर्न प्रोत्साहन गरिरहेको छ। यसको उद्देश्य अन्तर्राष्ट्रिय व्यावसायिक कानूनका विकासहरूबारे छलफल गर्न न्यायाधीशहरू, सरकारहरू, शिक्षाविद्हरू र मध्यस्थता विज्ञहरूलाई एक ठाउँमा ल्याउनु हो।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  १२ : ४४ बजे

नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका वरिष्ठ न्यायाधीशहरू नयाँदिल्लीमा

नयाँदिल्ली । भारतीय सर्वोच्च अदालतले नेपालका प्रधान न्यायाधीशसहित पाँच मुलुकका

सुर्खेतमा ग्यास अभाव छैन : आयल निगम

सुर्खेत । नेपाल आयल निगम सुर्खेतले वीरेन्द्रनगरमा एलपी ग्यासको अभाव

रास्वपा सांसद पौडेलमाथि कालो मसी प्रहार

रौतहट । रौतहट निर्वाचन क्षेत्र नम्बर-४ का प्रतिनिधिसभा सदस्य गणेश

सवारी रोकेर तुइन खोलाको ढिस्को हटाइँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सवारीसाधन रोकेर ढिस्को

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही घटेको छ